दफा ५
श्रम ऐन, २०४८ मा संशोधन
श्रम ऐन, २०४८ को दफा ७२ को
सट्टा देहायको दफा ७२ राखिएको छ ः–
“७२. श्रम अदालतको गठन ः (१) यस ऐनको प्रयोजनको लागि
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
आवश्यक संख्यामा श्रम अदालत गठन गर्नेछ । धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ ट
(२) उपदफा (१) बमोजिम गठन भएको श्रम
अदालतको मुकाम तथा प्रादेशिक क्षेत्राधिकार सोही
सूचनामा तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम एउटा मात्र श्रम
अदालत गठन भएकोमा त्यस्तो अदालतको मुकाम
काठमाडौं उपत्यकामा रहनेछ र सो अदालतले आवश्यकता
अनुसार नेपालभित्र अन्य ठाउँमा पनि इजलास कायम गर्न
सक्नेछ ।
(४) श्रम अदालतको कार्यविधि तोकिए बमोजिम
हुनेछ ।
(५) यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेको
ंश्रम अदालत यस ऐन बमोजिम नै गठन भएको
मानिनेछ ।”